गाेरखामा आज रातिदेखि जिल्लाभर निषेधाज्ञा

 बैशाख २२, २०७८ बुधबार १७:५२:३४ | किरण लोहनी
unn.prixa.net

गोरखा – गोरखामा पनि निषेधाज्ञा लगाइने भएकाे छ । गाेरखामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि यसकाे रोकथाम तथा नियन्त्रणका लागि बुधवार (आज) राति १२ बजेदेखि लागू हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरिएकाे हाे । 

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसी र जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारी पौडेलले वैशाख महिनाभर लागू हुने गरी गोरखा जिल्लाभर निषेधाज्ञा जारी गर्नुभएको हो । 

जिल्लामा गोरखा र पालुङटार नगरपालिकासहित आरुघाट गाउँपालिकामा मङ्गलवार (हिजाे) रातिदेखि नै निषेधाज्ञा जारी गरिएको थियो । भीमसेन थापा गाउँपालिका ७ र ८ मा पनि यसअघि नै निषेधाज्ञा गरिएको हो । गाेरखामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक शय ९६ पुगेको छ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया