बाँकेमा थप १० जना कोरोना सङ्क्रमितको ज्यान गयाे

 बैशाख २४, २०७८ शुक्रबार ९:७:५७ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - बाँकेमा थप १० जना कोरोना सङ्क्रमितको ज्यान गएको छ ।

गएराति भेरी अस्पतालमा ५ र शिक्षण अस्पतालमा ५ गरी १० जनाको ज्यान गएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका ७, कोहलपुर नगरपालिकाका एक, बर्दियाको बारबर्दियाका एक र टीकापुर कैलालीका एक जना सङ्क्रमितको ज्यान गएको अस्पतालको विवरण छ ।

योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ६९ पुगेको छ । बाहिरी जिल्लाका एक सय ३० जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया