पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
जुम्ला – जुम्लामा एकैपटक ३० हजार स्याउका बिरुवा रोपिएका छन् ।
गुठिचौर गाउँपालिका ५ काँडाखोला जलजलामा नेपालकै ठूलो फुजी स्याउ बगैँचा स्थापना भएको छ । गुठिचौर एग्रो फार्म प्रा.लि.का अध्यक्ष मिनबहादुर भण्डारीले आधुनिक स्याउ बगैँचा निर्माण गर्नुभएको हो ।
झण्डै आठ करोड रुपैयाँको लगानीमा बगैँचा निर्माण गरिएको हो । अध्यक्ष भण्डारीका अनुसार ५ करोड रुपैयाँ बैंकको लगानी र ३ करोड रुपैयाँ फार्मको पुँजी लगानी गरिएको छ ।
स्याउ बगैँचामा स्याउ रोप्न कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव डा.राजेन्द्रप्रसाद मिश्र, स्याउ सुपरजोन कार्यालयका प्रमुख नवराज भण्डारी बगैँचामा पुग्नु भएको थियो ।
स्याउ रोप्दै सचिव मिश्रले स्याउको प्रशोधन,बजारीकरण, कृषि सडक लगायतका प्राविधिक सहयोग गर्न मन्त्रालय तयार रहेको बताउनुभएको छ ।
२०७६ को चैत देखि बगैँचा स्थापनाको तयारी थालिएको थियो । लकडाउनले उद्योग धन्दा, व्यवसाय बन्द भए पनि यो बीचमा यति ठूलो स्याउ बगैँचा निर्माणको काम भने रोकिएन । यसरी एक लाख ५० हजार वर्गमिटर जग्गामा स्याउ बगैँचा निर्माण भएको छ ।
स्याउ बगैँचा निर्माण भएपछि दर्जनौं स्थानीयले रोजगारी पाइसकेका छन् भने विस्तारै थप रोजगारी दिँदै जाने भण्डारीको भनाइ छ ।
जुम्लामा करिब २५ वर्ष अगाडि स्थानीय किसान पदमबहादुर महतले महतगाउँको नांगो डाँडामा चार हजार स्याउका बिरुवा लगाएपछि एकै पटक धेरै स्याउ उत्पादन भएको थियो । अहिले जुम्लामा स्याउ खेती गर्ने किसानहरु बढ्दै गएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।