राष्ट्रिय प्रसारण लाइनको परीक्षण सुरु, पाेलहरु नछुन प्राधिकरणकाे आग्रह

 बैशाख २५, २०७८ शनिबार १९:३२:२० | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – नेपाल विद्युत प्राधिकरणले दुल्लु देखि कालीकोट मान्म सम्मको ३३ केभी प्रसारण लाइनको परीक्षण कार्य सुरु गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणकोे कालिकोट सेवा केन्द्रले यही बैशाख २८ गतेदेखि दैलेखको दुल्लु, जब्बुकाँध, रामाघाट, पाल्ताडा, टुनिबगर, राकम, खिड्कीज्युला देखि कालीकोटको मान्म बजारसम्म गाडिएका पोलमा विद्युत प्रवाह परीक्षण गर्ने भएकाे हाे ।

याे समयमा यस क्षेत्रमा तानिएका तारहरुमा विद्युत प्रवाह हुने भएकाले पोल तथा तारहरु नजिक नजान र नछुन सर्वसाधारणलाई अनुरोध गरेको छ । नेपाल विद्युत प्राधिकरणकोे कालीकोट सेवा केन्द्रले शनिबार एक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो ।

कालीकोटमा विद्युतको केन्द्रीय प्रसारण लाइन पुग्ने भएपछि स्थानीय खुशी देखिएका छन् । तत्कालीन उर्जामन्त्री हाल कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पहलमा ३३ केभी राष्ट्रिय प्रशारण लाइन जोड्ने निर्णय भएको थियो । राष्ट्रिय प्रसारण लाइन पुग्ने भएपछि कालीकोटको सदरमुकाम मान्म खाँडाचक्र नगरपालिकामा मिनि ग्रिड राख्ने गरी काम भइरहेको कालीकोट वितरण केन्द्र प्रमुख मेखराज जैसीले बताउनुभयो ।  

अन्तिम अपडेट: चैत ८, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया