देउवाको नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय

 वैशाख २६, २०७८ आइतबार ६:२४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा हिजो बसेको कांग्रेस संसदीय दलको बैठकले केन्द्रीय कार्यसमितिको गएको चैत २१ गतेको बैठकमा पारित प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रस्तावलाई अनुमोदन गरेको हो ।

साथै कांग्रेसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय समेत गरेको छ । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार गर्ने र अरु दलहरुलाई पनि विश्वासको मतको विपक्षमा मतदान गर्न आग्रह गर्ने कांग्रेसले जनाएको छ ।

कांग्रेस संसदीय दलको बैठकले सोमबारका लागि आह्वान गरिएको प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रस्तुत हुने प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया