‘भाेलिदेखि याे सरकार जिम्मेवारीमुक्त हुन्छ, केही दिनमै बहुमतको नयाँ सरकार’

 बैशाख २६, २०७८ आइतबार १७:३६:४५ | किरण लोहनी
unn.prixa.net

गोरखा – नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले साेमवार (भाेलि) देखि वर्तमान सरकार जिम्मेवारीमुक्त हुने बताउनुभएको छ । त्यसपछिको केही दिनमा बहुमतको नयाँ सरकार बन्ने पनि प्रवक्ता श्रेष्ठकाे दाबी छ । 

गृह जिल्ला गोरखामा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उहाँले सरकारले कुनै हालतमा विश्वासको मत प्राप्त गर्न नसक्ने बताउनुभयो । ‘सरकारको अहिलेसम्मको प्रतिगमनकारी, निरङ्कुशतावादी, सामाजिक आर्थिक रूपान्तरणको प्रक्रियामा असाध्यै छिपछिपेपन, कोरोना महामारी नियन्त्रणमा देखिएको नालायकीपन र असक्षमतालगायतका कारण सरकारले विश्वासको मत प्राप्त गर्न सक्दैन ।’

नेकपा एमालेकै नेपाल–खनाल समूहको भूमिकाले विश्वासको मत वा बहुमतको सरकार निर्माणमा प्रभाव पार्ला नि ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो,  ‘उहाँहरूले के भूमिका गर्नुहुन्छ भन्नेबारेमा त केही भन्न मिल्दैन तर उहाँहरूले जे गरे पनि सरकारले विश्वासको मत प्राप्त गर्न सक्दैन र बहुमतको सरकार बन्छ ।’ 

एमालेको एक समूहले सांसदबाट राजीनामा गरे पनि वा जनता समाजवादी पार्टी मतदानमा तटस्थ बस्दा पनि प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसक्ने श्रेष्ठले बताउनुभयो । नेपाली कांग्रेस संसदीय दलका नेतालाई बहुमतको प्रधानमन्त्री बनाउने विषयमा टुङ्गो लागिसकेको प्रवक्ता श्रेष्ठको भनाइ छ । त्यस्तो अवस्थामा कसरी बहुमतको सरकार बन्न सक्छ ? भन्ने प्रश्नमा श्रेष्ठले भन्नुभयो, ‘त्यो त भोट हालेपछि वा सही गरेपछि देखिन्छ, तपाईँहरूले पनि केही दिन पर्खिनुपर्छ ।’  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया