वडाध्यक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन नमिल्ने सर्वोच्चक...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने औपचारिक निर्णय गरेको छ । नेता बाबुराम भट्टराईको निवासमा आइतवार (आज) बसेको पदाधिकारीको बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
तर विश्वासको प्रस्तावको विपक्षमा मत दिने वा तटस्थ बस्ने भन्ने विषयमा सांसदहरूलाई निर्णय गर्न दिने निर्णय भएको छ । जसपाका सांसदहरूले ओलीलाई विश्वासकाे मत दिने छैनन् तर विपक्षमा मत दिन भने स्वतन्त्र हुनेछन् ।
नेता भट्टराईले ट्विटरमार्फत आजको बैठकले पार्टी एकता कायम राख्दै ओली सरकारको बहिर्गमन सुनिश्चित गर्ने कार्यनीति तय गरेको जानकारी दिनुभएको छ ।
आजै बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर अध्यक्ष महन्थ ठाकुरले आफूहरूले ओलीलाई विश्वासको मत पनि नदिने र अर्को सरकार गठनमा पनि सहयोग नगर्ने बताउनुभएको थियो । पार्टीलाई फुटबाट जोगाउनका लागि पनि ओलीलाई समर्थन नगर्ने ठाकुरको भनाइ थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।