सोलुखुम्बुमा आज राति १२ बजेदेखि १५ दिनसम्मका लागि निषेधाज्ञा

 बैशाख २६, २०७८ आइतबार २०:१६:५० | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुमा आइतवार (आज) राति १२ बजेदेखि निषेधाज्ञा लगाइने भएकाे छ । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर फैलिने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले आज रातिदेखि जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

जिल्ला काेभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको शुक्रवार बसेको बैठकले आइतवार राति १२ बजेदेखि १५ दिनका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिनुभयो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा (२) बमोजिम निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । 

निषेधाज्ञामा अति आवश्यकबाहेक अन्य काम गर्न पाइने छैन । निषेधाज्ञा पालना नगरेको पाइएमा सङ्क्रामक रोग ऐनअनुसार कारबाही गरिने पनि प्रमुख जिल्ला अधिकारी शाहीको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया