‘पूर्व प्रधानमन्त्री बाहेकको नेतृत्वमा सबै दल सम्मिलित राष्ट्रिय सरकार बनाऔं, एक वर्षभित्र चुनाव गरौं’

 वैशाख २९, २०७८ बुधबार ८:४८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले अबको एक वर्षभित्रमा चुनाव गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ ।

राजनीतिक अस्थिरता बिग्रँदै गएको भन्दै उहाँले अबको एक वर्षभित्रमा चुनाव गर्ने र त्यसअघि राष्ट्रिय सरकार गठनको प्रक्रिया थाल्नुपर्ने बताउनुभयो । सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै उहाँले संविधानको धारा ७६ को उपधारा २ बमोजिम पूर्व प्रधानमन्त्री बाहेकको नेतृत्वमा सबै दलको सहभागितामा राष्ट्रिय सरकार बनाउने र एक वर्षभित्र चुनावमा जानुपर्ने बताउनुभएको हो ।

देशमा देखिएको संकट समाधानका लागि सबै दलको सहभागिता आवश्यक रहेको भन्दै उहाँले दलका प्रमुख र पूर्व प्रधानमन्त्री रहेको निर्देशक समिति बनाएर अघि बढ्न सकिनेसमेत बताउनुभएको छ । उहाँले सबैको सहमतिमा कोरोना भाइरसको संक्रमण नियन्त्रण र संविधान संशोधनका मुद्दामासमेत सहकार्य गरेर अघि बढ्न सकिने बताउनुभएको छ ।

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया