एसीसी १९ वर्षमुनिको महिला एशिया कपमा नेपाली र श्रीलङ्काको खे...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – युथ कांग्रेस नेपालले काेराेना संक्रमितहरुकाे सहायताकाे लागि 'काेभिड केयर नेपाल' नामक एप्लिकेशन (एप) सार्वजनिक गरेकाे छ ।
यस काेभिड केयर नेपाल एपमा देशैभरि रहेका काेराेना उपचार हुने अस्पतालकाे जानकारी तथा आफूलाई पायक पर्ने अस्पताल पत्ता लगाइ एपबाटै फाेन सम्पर्क गर्न सकिने युथ कांग्रेसले जनाएकाे छ ।
यस्तै याे एपमा देशै भरका एम्बुलेन्स र चालकका सम्पर्क नम्बरहरु पनि राखिएका छन् । याे एपकाे सहायताले आपत्कालीन अवस्थाका लागि नजिकैका आइसोलेशन सेन्टर तथा बफर जोनहरु पत्ता लगाउन सहयोग गर्ने जनाइएकाे छ ।
यस्तै होम आइसोलेशनमा रहेका बिरामीहरूको लागि डाक्टरकाे परामर्श लिने व्यवस्था पनि मिलाइएकाे युथ कांग्रेसले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।