‘ओली र नेपालबीच भएकाे संवाद एमालेका लागि महत्त्वपूर्ण घटनाका रूपमा स्थापित हाेस्’

 बैशाख ३१, २०७८ शुक्रबार १४:२१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका नेता वामदेव गाैतमले पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेताबीच संवाद सुरु हुनु सुखद पक्ष भएकाे बताउनुभएकाे छ । शुक्रवार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै नेता गाैतमले याे संवाद नेकपा एमालेका निम्ति एक महत्त्वपूर्ण घटनाका रूपमा स्थापित हाेस् भन्ने आफ्नाे चाहना रहेकाे बताउनुभएकाे छ ।   

उहाँले लेख्नुभएकाे छ, ‘नेकपा (एमाले) का दुई वरिष्ठ नेता अध्यक्ष क. के.पी शर्मा ओली र पार्टीका पूर्वमहासचिव क. माधवकुमार नेपालबीच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक संवाद सुरु भएको छ । यो नेकपा (एमाले) का निम्ति एक महत्त्वपूर्ण घटनाका रूपमा स्थापित होस् भन्ने मेरो चाहना छ । पार्टीको एकता निर्माणमा सफलता मिलोस् भन्ने शुभकामना दिन्छु ।’

यसैबीच नेता गाैतमले अध्यक्ष ओली नेपालकाे ४३ औँ प्रधानमन्त्री नियुक्त हुनुभएकाेमा बधाई पनि दिनुभएकाे छ । 

बिहीवार (हिजाे) बूढानीलकण्ठमा एक व्यवसायीकाे घरमा एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएकाे छ । भेटपछि छलफल सकारात्मक भएकाे नेता नेपालले प्रतिक्रिया दिनुभएकाे छ । त्यही भेटपछि नेपालतर्फका सांसदकाे राजीनामा पनि टरेकाे थियाे ।   

अन्तिम अपडेट: जेठ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया