यू–१९ महिला एशिया कप 'सुपर–फाेर' : श्रीलङ्कासँगकाे खेलमा ने...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – कोभिड १९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसीको आइतवार सिंहदरबारमा बसेको विशेष बैठकमा स्वास्थ्य सङ्कटकालबारे छलफल भएको छ । बैठकमा कोभिड १९ सङ्क्रमणको महामारीसँग प्रभावकारी ढङ्गले लड्नका लागि स्वास्थ्य सङ्कटकालबारे पनि छलफल भएको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।
तर स्वास्थ्य सङ्कटकाल लगाउनका लागि विद्यमान सङ्क्रामक ऐन २०२०, स्वास्थ्य प्रणालीको संरचना तथा सार्वजनिक खरिद ऐनमा भएका प्रक्रियाले समस्या पारेकाले अनुकूल कानुन बनाउने विषयमा सराेकारवाला मन्त्रालयसँग पनि छलफल गरिएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘स्वास्थ्य सङ्कटकालको बारेमा पनि छलफल भएको छ । नतिजा आउने भए मात्रै लगाउने, नभए किन लगाउने ? हामी तुलनात्मक अध्ययन गरिरहेका छौँ । अहिले हामीलाई तीन वटा क्षेत्रमा समस्या देखिएको छ । देशको समग्र स्वास्थ्य प्रणालीलाई एकीकृत ढङ्गले महामारीविरुद्ध लगाउनु जरुरी छ । हामीसँग स्वास्थ्य मन्त्रालय र त्यस मातहतका अस्पताल छन्, विभिन्न प्रतिष्ठान छन्, ती झन्डै–झन्डै स्वायत्तजस्ता छन् । प्रादेशिक अस्पताल छन् र पालिकाले सञ्चालन गरेको स्थानीय आधारभूत अस्पताल छन् । ती सबैलाई युनिफाइड ढङ्गले सञ्चालन गर्न हामीलाई केही कानुनी प्रबन्ध चाहिएको छ । दोस्राे हाम्रा खरिद प्रक्रियामा अहिले पनि समस्या छन् । त्यसैले केही कानुनी प्रबन्ध गर्नुपर्ने छ । अहिलेको महामारीविरुद्ध लड्न हामीलाई केही थप कानुनी संरचना आवश्यक भएको हामीले महसुस गरेका छाैँ, सङ्क्रामक रोग ऐन २०२० का प्रावधानले मात्रै नपुग्ने भएकाले त्यस विषयमा आवश्यक तयारी गर्नका लागि कानुन मन्त्रालय र सम्बद्ध निकायलाई भनिएको छ ।’
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसीको आइतवार सिंहदरबारमा बसेको विशेष बैठकमा प्रधानमन्त्री ओलीले प्रक्रियामा अल्झिएर र आर्थिक स्रोतको अभावमा कुनै पनि नागरिकको ज्यान जाने अवस्था सिर्जना हुन नदिन निर्देशन दिनुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।