जुम्ला प्रवेश गर्न एन्टिजेन परीक्षण अनिवार्य

 जेठ ३, २०७८ सोमबार १६:०:४४ | नेत्र शाही
unn.prixa.net

जुम्ला र कालीकोटको सीमामा स्थापना गरिएको हेल्थ डेक्स । तस्बिर: नेत्र शाही

जुम्ला – जुम्लामा कोरोना भाइरसकाे सङ्क्रमण बढेपछि आवतजावतमा कडाइ गरिएको छ । काेराेना सङ्क्रमणकाे जाेखिम बढ्दै गएपछि गएकाे वैशाख २२ गतेदेखि निषेधाज्ञा लगाइएकाे जुम्लामा जिल्ला प्रवेश गर्दा एन्टिजेन परीक्षण अनिवार्य गरिएकाे गरिएको हो । 

जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाकाअनुसार कर्णाली राजमार्ग अन्तर्गत नाग्ममा हेल्थ डेक्स स्थापना गरेर एन्टिजेन परीक्षण सुरु गरिएकाे हाे । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको टोली नै नाग्म पुगेर हेल्थ डेस्क राखिएको जानकारी दिनुभयो । 

जिल्ला प्रवेश गर्ने क्रममा कसैलाई कोरोना पोजेटिभ देखिएमा पालिकाकाे समन्वयमा आइसोलेशनमा पठाइने छ । सुर्खेत, नेपालगञ्ज हुँदै जुम्ला आउने क्रम बढेसँगै सङ्क्रमणकाे जाेखिम कम गर्न हेल्थ डेस्क स्थापना गरिएकाे जनस्वास्थ्य सेवा कार्यालयले जनाएकाे छ ।   

निषेधाज्ञाको अनुगमन गर्दै हेल्थ डेक्स स्थापना गर्न जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, नेपाली सेना श्री २४ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायकरथी यमबहादुर सापकोटा, गणपति दिवाकर रायमाझी, प्रहरी नायब उपरीक्षक (डीएसपी) दानबहादुर थापासहितको टोली जुम्ला र कालीकोटको सीमा नाग्म बजार पुगेको थियो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया