दैलेखमा जीप दुर्घटना, दुई जनाकाे ज्यान गयाे

 जेठ ४, २०७८ मंगलबार १३:५१:३ | अमर सुनार
unn.prixa.net

प्रतिकात्मक तस्बिर

दैलेख – दैलेखको दुल्लु नगरपालिका–३ सियाला नजिक मङ्गलवार (आज) जीप दुर्घटना हुँदा दुई जनाकाे ज्यान गएकाे छ ।

जीप दुर्घटनामा गोठीचौर गाउँपालिका ४ गर्ज्याङकाेटका जीप चालक ३८ वर्षीय रामहरी न्यौपाने र जीपमा सवार त्यही ठाउँकी २७ वर्षीया राज्यलक्ष्मी न्यौपानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।

जुम्लाबाट सुर्खेत जाँदै गरेको जीप दुर्घटना भएकाे हाे । ब्रेक फेल भइ दुर्घटना भएको अनुमान गरिए पनि घटनाको अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया