पूर्वमन्त्री डा. प्रेमबहादुर शाहीको निधन

 जेठ ७, २०७८ शुक्रबार १२:३४:२५ | अमर सुनार
unn.prixa.net

दैलेख - पूर्वमन्त्री डा. प्रेमबहादुर शाहीको निधन भएको छ ।

७७ वर्षका शाहीको उपचारका क्रममा शिक्षण अस्पताल काठमाण्डौमा निधन भएको उहाँका नाति मीनबहादुर शाहीले जानकारी दिनुभयो ।

२०४३ सालको आमचुनावमा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएपछि शाही तीन वर्ष आपूर्ति सहायक मन्त्री बन्नुभएको थियो । दैलेखको दुल्लुमा २००१ सालमा जन्मेका शाही पीएचडी गर्ने कर्णाली प्रदेशको पहिलो व्यक्ति हुनुहुन्छ । उहाँले २०३८ सालमा त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गर्नुभएको हो ।

शाहीले ‘प्रजातन्त्रदेखि गणतन्त्रसम्मका उपलब्धि’ पुस्तक लेख्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया