अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत
पुस २३, २०८१ मंगलबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीकै बीचमा पनि चुनाव गर्न सकिने बताउनुभएको छ । महामारी उत्कर्षमै रहेका बेला अमेरिका, भारत लगायतका देशमा चुनाव भएको भन्दै उहाँले चुनाव परिस्थितिजन्य घटना भएकाले जुनसुकै बेलामा पनि हुन सक्ने बताउनुभयो ।
बालुवाटारमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा उहाँले तोकिएका स्वास्थ्यका मापदण्ड अपनाएर चुनाव गराउन समस्या नहुने बताउनुभयो ।
यस्तै अहिले अक्सिजनको अभाव हट्न थालेको, अस्पतालमा शय्या लगायतको क्षमता बढेको, खोप सबैलाई नसके पनि सकेसम्म धेरैलाई लगाइने भएकोले केही समयमा अवस्था सामान्य बन्दै जाने र त्यसपछि चुनाव गर्न समस्या नहुने उहाँले बताउनुभयो ।
संसद् विघटन नै नभए पनि फागुनमा पालिकाको चुनाव गर्नैपर्ने बाध्यता भएकोले केही अघि संसद्को चुनाव गर्न पनि असम्भव नरहेको ओलीकाे भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।