अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत
पुस २३, २०८१ मंगलबार
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अब नागरिकलाई विकल्प खाेज्ने अवसर दिनुपर्ने बताउनुभएकाे छ । प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेकाे दाबीमा आधार नभएकाे भन्दै नेता थापाले विकल्प खाेज्ने अवसर दिनुपर्ने बताउनुभएकाे हाे ।
उहाँले दुवै दाबी जाली/किर्ते भएकाे र दुवै खारेज गरी संविधानअनुसार चुनाव घाेषणा गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गर्नुभएकाे छ । उहाँले सामाजिक सञ्जाल ट्विटरमा लेख्नुभएकाे छ, ‘राष्ट्रपति महोदय, दुवै दाबीमा संविधानको धारा ७६ काे उपधारा (५)अनुसार 'विश्वासको मत प्राप्त गर्ने'आधार छैन । दुवै जाली/किर्ते हुन् । दुवै खारेज गरी संविधानअनुसार चुनाव घोषणा होस् ।’
— Kamal Thapa (@KTnepal) May 21, 2021
साथै नेता थापाले सङ्घीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरेकाे र लोकतन्त्रको नाममा ब्रम्हलुट गरेकाे आराेप लगाउनुभएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।