पाल्पाको हुमिनमा बस दुर्घटना, मृतककाे संख्या १३ पुग्याे

 जेठ १८, २०७५ शुक्रबार १०:५५:६ | देव पचभैया
unn.prixa.net

पाल्पा, जेठ १८ – रम्भा गाउँपालिका वडा नम्बर ४ हुमिनमा भएकाे बस दुर्घटनामा परि ज्यान जानेकाे संख्या १३ पुगेकाे छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार ज्यान गुमाउने १३ जनाकै पहिचान खुलेको छ । प्रहरीका अनुसार विष्णुमान बज्राचार्य, उहाँका भाई सचिन बज्राचार्य, कृष्णमान शाक्य, क्षेत्रमान शाक्य, गीता बुढाथोकी, कमला कार्की, लोकप्रसाद ढकाल, दुर्गाबहादुर सारु, सुशील श्रेष्ठ, देवेन्द्र प्रधान, वसन्ती खाँड, दुर्गा श्रेष्ठ र कृष्ण्णबहादुर बोहराको ज्यान गएको हो । सचिन बज्राचार्य र कमला कार्कीकाे उपचारका क्रममा अस्पतालमा ज्यान गएकाे हाे । 

ज्यान गुमाउने कृष्णबहादुर बोहरा डिभिजन सहकारी पाल्पाका प्रमुख हुनुहुन्छ । घाइतेमध्ये १० जनाकाे युनाइटेड  मिसन अस्पताल तानसेन र २ जनाकाे लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेकाे छ ।

सदरमुकाम तानसेनबाट रामपुर भ्रमणका लागि जाँदै गरेकाे लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनका सदस्य चढेको लु २ ख ९७५ नम्बरकाे बस दुर्घटनामा परेको हो ।


 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया