चुनावको उद्घोष जालझेल हो, प्रतिगमन भाग-२ को डटेर प्रतिवाद गरौँ - माधव नेपाल

 जेठ ८, २०७८ शनिबार १०:३२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेकपा एमालेका नेता माधव कुमार नेपालले प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा हुनुलाई प्रतिगमनको भाग–२ भन्नुभएको छ ।

ट्वीटमार्फत उहाँले प्रधानमन्त्री केपी शर्मा शर्मा ओलीले प्रतिगमन दोहोर्याएको आरोप लगाउनुभयो । 

शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको भन्दै उहाँले यो कदमको डटेर प्रतिवाद गर्नुपर्ने बताउनुभएको छ । उहाँले षड्यन्त्रकारीहरुको उक्साहट र चाहनामा फेरि पनि संसदको चीरहरण भएको आरोपसमेत लगाउनुभएको छ ।

यस्तै उहाँले चुनावको उद्घोष जालझेल भएको भन्दै व्यवस्था नै 'कू' गर्नेतर्फको अग्रसरता देखिएको बताउनुभयो ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया