मौसम अनुकूल भएपछि बिहानैदेखि सगरमाथा आरोहण हुँदै

 जेठ ९, २०७८ आइतबार ७:४७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मौसम अनुकूल भएसँगै अहिले सगरमाथा आरोहण भइरहेको छ । गएको वैशाख २४ गते शिखरसम्मको बाटो बनाएपछि यस वर्षको वसन्त ऋतुको आरोहण सुरु भएको हो।

वैशाख २८ र २९ गते गरी झण्डै एक सय ७० जना आरोही सगरमाथा शिखरमा पुगेका थिए । त्यसपछि मौसम खराबीले रोकिएको आरोहण आजबाट फेरि सुरु भएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले सगरमाथा आधार शिविरबाट जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘अहिलेसम्म ३० जनाभन्दा धेरै आरोही शिखरमा पुगेको खबर प्राप्त भएको छ, अहिले आरोहण चलिरहेको छ, दिउँसोसम्म आरोहीहरु शिखरमा पुग्नुहुन्छ ।’ आज दुई सयभन्दा धेरै आरोहीहरु शिखरमा पुग्ने योजनासहित चौथो शिविरबाट माथि गएका निर्देशक आचार्यले बताउनुभयो ।

आरोहण सुरु भएपछि ताउ–ते आँधीका कारण मौसम प्रतिकूल बन्दा एक हप्ताभन्दा धेरै समय आरोहण रोकिएको हो । अब झण्डै एक हप्ता मात्रै सगरमाथा आरोहणका लागि मौसम अनुकूल हुने भएकाले मौसम खुल्नासाथ आरोहीहरु शिखरतर्फ गएका हुन् । यो वर्ष सगरमाथा आरोहणका लागि चार सय आठ जनाले अनुमति लिएका छन् ।

अनुमति लिएकै सङ्ख्याभन्दा केही बढी उनीहरुका सहयोगी समेत हुने भएकाले यो वर्ष सगरमाथा आरोहणका लागि साढे आठ सयभन्दा धेरैको तयारी छ । 

तस्बिर :इम्याजिन नेपाल

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया