चुनावबाट पछि हट्न धैरैले थर्काए, कसै–कसैकाे भ्वाइस रेकर्ड नै राखेकाे छु : देवकाेटा

 जेठ ९, २०७८ आइतबार १४:१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय सभा सदस्यमा निर्वाचित डाक्टर खिमलाल देवकाेटाले आफूलाई चुनावबाट पछि हट्न धेरैले फकाएका र थर्काएकाे बताउनुभएकाे छ । 

आइतवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्ने देवकाेटाले आवश्यक परेमा तिनीहरूकाे नाम भन्दै गर्ने र कसैकसैकाे भ्वाइस रेकर्ड नै राखेकाे पनि बताउनुभएकाे छ । उहाँले तर पनि आफू अडिग रहेकाे र विचलित भएकाे भए आफ्नाे मात्रै नभइ आफूजस्ता स्वतन्त्र रूपमा कमल चलाउने बुद्धिजीवीहरूकाे इज्जत प्रतिष्ठा जाने बताउनुभएकाे छ । 

उहाँले लेख्नुभएकाे छ, लामो समयदेखि राजनीति गर्ने केही नेताहरुले हामीजस्ताबाट केही सिक्दा राम्रै होला । बोलेपछि, सही गरेपछि, वचनवद्धभएपछि पुरा गर्नुपर्दछ । भागेर, लुकेर, जालसाझी गरेर केही समय त टिकिएला । तर वुझन जरुरी के पनि छ भने हामी जस्ता युवाहरुले लामो यात्रा गर्न बाँकी नै छ । 

साथै डा. देवकाेटाले निष्ठा र इमानदारिताकाे राजनीतिबाट भागेर नहिँड्न, बोली र इमानमा कटिबद्ध हुन आग्रह गर्नुभएकाे छ । 

 

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया