‘अघिल्लो चरणमा छुटेका पत्रकारलाई खोपको व्यवस्था गरियाेस्’

 जेठ ९, २०७८ आइतबार १६:४२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशले अघिल्लो चरणमा कोरोना भाइरसविरुद्धको खोप लगाउन छुटेका पत्रकारलाई खोपको व्यवस्था गर्न अनुरोध गरेको छ । महासङ्घ प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई भेटेर कोरोना भाइरसको खोप लगाउनका छुटेका प्रतिष्ठान प्रदेशका ६ सय पत्रकारलाई खोपको व्यवस्थाका लागि ध्यानाकर्षण गराउनुभएको हो ।

यस्तै कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्की र रेडियो नेपालका सदस्य कृष्णप्रसाद ओझाका परिवारलाई सहयोग प्रदान गर्न पनि आग्रह गरिएको छ । त्यसका साथै सङ्क्रमित प्रतिष्ठान प्रदेशका पत्रकारको निःशुल्क उपचारको व्यवस्था मिलाउन पनि माग गरिएको छ । 

महासङ्घले सूचना विभागले उपलब्ध गराउने प्रेस पास पाउने सञ्चारकर्मीको अधिकार भएकाले त्यसलाई सहजीकरण गर्न पनि ध्यानाकर्षण गराउँदै प्रतिष्ठान प्रदेश सकेसम्म महासङ्घका सबै सदस्यको अनिवार्य स्वास्थ्य बीमाको व्यवस्था मिलाउन माग गरेको छ । क्यान्सर, मिर्गौलासहित जटिल प्रकारका रोग लागेका पत्रकारको उपचारका लागि पहुँच र प्रभावको आधारमा नभइ निश्चित कार्यविधि निर्माण गरी रोगका आधारमा उपचारका लागि निश्चित आर्थिक सहयोगको व्यवस्था मिलाउन पनि अनुरोध गरिएको छ ।

जवाफमा मन्त्री गुरुङले सरकारले पत्रकारलाई यसअघि पनि उच्च प्राथमिकताका साथ खोपको प्रबन्ध गरेको जनाउँदै छुटेका पत्रकारलाई पनि प्राथमिकतामा राखेर खोप लगाउन व्यवस्था मिलाउने आश्वासन दिनुभएको छ ।  

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया