माटोको ढिस्कोले पुरिएर गोरखामा दुई जनाको ज्यान गयाे

 जेठ १०, २०७८ सोमबार २०:१७:३ | किरण लोहनी
unn.prixa.net

गोरखा – गोरखाको सिरानचोक गाउँपालिका १ केराबारीको भिरसिंह भन्ने ठाउँमा माटोको ढिस्कोले पुरिएर दुई जनाको ज्यान गएको छ । 

जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोककुमार गुरुङको घरमा कम्पाउन्ड वाल बनाउने क्रममा सोमवार दिउँसो साढे ३ बजेतिर माटोको ढिस्कोले पुरिएर त्यही ठाउँका ४८ वर्षीय काले गुरुङ र ३५ वर्षीय भीमबहादुर गुरुङको ज्यान गएको हो । 

माटोको ढिस्कोमा पुरिएका उनीहरुलाई उद्धार गरी उपचारका लागि जौवारी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । स्वास्थ्य केन्द्र पु¥याएलगत्तै डाक्टरले मृत्यु भइसकेको बताएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले बताउनुभयो ।   

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया