एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले केन्द्रको निर्देशन नमान्ने, सरकारबाट फिर्ता नहुने

 जेठ १२, २०७८ बुधबार १४:१:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ । बुधवार (आज) बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।

यसअघि केन्द्रमा एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । केन्द्रको निर्णयलाई चुनौती दिँदै एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले समर्थन फिर्ता नलिने निर्णय गरेसँगै माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम सरकारको सङ्कट टरेको छ । 

सुदूरपश्चिम प्रदेशसभामा अहिले ५२ सदस्य रहेकोमा एमालेका २५ सांसद छन् जसमा खनाल–नेपाल समूहका सदस्यकाे बहुमत छ । यस्तै नेकपा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी (जसपा) का दुई प्रदेश सभा सदस्य छन् । 

तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको भागबन्डाका आधारमा माओवादीका त्रिलोचन भट्ट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्नुभएको थियो । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया