प्रदेश २ मा झन्डै तीन प्रतिशतकाे पीसीआर परीक्षण

 जेठ १३, २०७८ बिहिबार १४:१०:४८ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – कोरोना भाइरसकाे सङ्क्रमण सुरु भएयता प्रदेश नं. २ का झन्डै तीन प्रतिशत नागरिककाे पीसीआर परीक्षण भएकाे छ । मुख्यमन्त्री लालबाबु राउतले बिहीवार (आज) कोरोना महामारीको पछिल्लो अवस्थाबारे जानकारी लिन बोलाउनुभएकाे सरोकारवालाहरूको बैठकमा प्रस्तुत गरिएको तथ्याङ्कमा झन्डै तीन प्रतिशत नागरिककाे पीसीआर परीक्षण भएकाे बताइएकाे हाे । 

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले प्रदेशमा ६० लाख हाराहारी जनसङ्ख्या रहेको बताउँदै त्यसकाे दुई दशमलव ९८ प्रतिशत अर्थात् एक लाख ७८ हजार ६ सय ३१ जनाकाे पीसीआर परीक्षण भएकाे जानकारी गराउनुभएको छ ।

उहाँले पीसीआर परीक्षण गरिएकामध्ये १७ दशमलव ४७ प्रतिशत अर्थात् ३१ हजार दुई सय २३ जना सङ्क्रमित देखिएकोमा अहिले ११ हजार पाँच सय ५९ जना सक्रिय सङ्क्रमित रहेको बताउनुभयाे । 

स्वास्थ्य निर्देशनालयले प्रस्तुत गरेको तथ्याङ्कअनुसार अहिले अस्पतालमा सात सय ३४ जना उपचाररत छन् भने १० हजार ६ सय २५ जना होम आइसोलेशनमा छन् । कोरोना सङ्क्रमणका कारण प्रदेश २ मा अहिलेसम्म ६ सय तीन जनाको ज्यान गएकाे छ ।

प्रदेशमा कोरोना महामारीको दोस्रो लहरको सङ्क्रमण दरसमेत अहिले घट्दो क्रममा रहेकाे बताइएकाे छ । २४ घण्टामा पाँच सय ६० सम्म पुगेको सङ्क्रमण सङ्ख्या बुधवार तीन सय ४४ मा झरेको निर्देशक झाले जानकारी गराउनुभयाे । तर त्याे दर फेरि बढ्न सक्ने सम्भावना रहेकाले स्वास्थ्य मापदण्ड सतर्कता अपाउन आवश्यक रहेको उहाँले बताउनुभयाे । 

बैठकमा उपस्थित अन्य सहभागीहरूले अहिले कोरोना सङ्क्रमण रोकथाम, उपचार र नियन्त्रणका विषयमा आ–आफनो निकायबाट भइरहेको प्रयासबारे जानकारी गराएका थिए ।

बैठकमा समाजिक विकास मन्त्री नवल किशोर साह, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर राम केवल साह, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव गोकर्णमणि दुवाडीसहितको उपस्थिति रहेको थियो ।   

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया