‘कोरोना खाेपको पहिलो डोज लगाएकाहरूलाई जसरी पनि दोस्रो डोजको व्यवस्था गर्छाैँ’

 जेठ १४, २०७८ शुक्रबार १७:४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले काेराेना भाइरसविरुद्धकाे पहिलो डोज लगाएकाहरूलाई जसरी पनि दोस्रो डोज खोप उपलब्ध गराउने बताउनुभएको छ । शुक्रवार दिउँसाे राष्ट्रका नाममा सम्बोधन गर्दैै प्रधानमन्त्री ओलीले पहिलो मात्रा खाेप लगाएकाहरूले दोस्रो डोज खोप लगाउन पाइँदैन कि भनेर चिन्ता लिन नपर्ने बताउनुभयो ।

अहिलेसम्म नेपालमा ३२ लाख २८ हजार डोज कोरोना भाइरसविरुद्धको खोप प्राप्त भएको र त्यसमध्ये १० लाख डोज खरिद गरिएको भन्दै उहाँले अबको केही समयमै खोप सहज हुने बताउनुभयो ।

यस्तै उहाँले अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न पर्याप्त बजेट पठाइएको समेत बताउनुभयो । 

प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको लडाइँमा महत्त्वपूर्ण सहयोग गर्ने भारत, चीन, अमेरिका, स्पेन, जर्मनी, थाइल्यान्ड लगायत मित्र राष्ट्रलाई धन्यवाद दिनुभएको छ । यस्तै उहाँले आफ्नो गाँस कटाएर स्वास्थ्यमा सहयोग गर्ने खाडी देशमा रहेका नेपालीलाई धन्यवाद दिनुभएको छ । 

कोरोना सङ्क्रमण नियन्त्रणका लागि कोभिड सङ्कट व्यवस्थापन अध्यादेश जारी गरिएको भन्दै उहाँले अध्यादेशले स्वास्थ्य सङ्कटकाल लगाउन बाटो खोलेको बताउनुभयो । 

यस्तै ओलीले कोरोनाको विश्वव्यापी महामारीविरुद्ध लड्न जी–७ र टी–२० लगायत विकसित देशले अन्तर्राष्ट्रिय उत्तरदायित्व बहन गर्नुपर्ने बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया