हेलम्बु गाउँपालिकाले काेराेना खाेप खरिदका लागि अनुमति दिन सङ्घीय सरकारसँग माग गर्‍याे

 जेठ १४, २०७८ शुक्रबार १८:२७:३४ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चाेक – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि अनुमति दिन सङ्घीय सरकारसँग माग गरेको छ । पालिकाले आफैँ खोप किन्ने निर्णय गर्दै सरकारसँग खरिद अनुमति मागेको हो । 

कोभिड–१९ को दोस्रो लहरपछि सङ्क्रमित बढेसँगै हेलम्बुवासीको जीवन रक्षा गर्न पालिकाकै स्रोत–साधनले खोप किन्न अनुमति मागेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । 

अध्यक्ष शेर्पाका अनुसार झन्डै २० हजार जनसङ्ख्या रहेको हेलम्बुमा केही वैदेशिक रोजगारीमा रहेको र केहीले खोप लगाइसकेको अवस्थामा सबै गाउँपालिकाका नागरिकलाई १५ हजार डोज काेराेना खाेप आवश्यक पर्नेछ । खोप दुई मात्रा लगाउँदा ३० हजार आवश्यक पर्ने गाउँपालिकाका अध्यक्ष शेर्पाले बताउनुभएको छ । 

केन्द्रले खोपको व्यवस्था गर्न नसक्ने हो भने पालिकालाई तुरुन्त अनुमति दिएर प्रक्रिया अघि बढाउनुपर्ने अध्यक्ष शेर्पाले बताउनुभयो ।

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया