हिमाल आराेहणका लागि गएकाहरू अप्ठ्याराेमा परेका छैनन् : पर्यटन विभाग

 जेठ १४, २०७८ शुक्रबार १९:२२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पर्यटन विभागले हिमाल आरोहणका लागि गएका कुनै पनि आरोही, पर्वतीय पथ प्रदर्शक र अन्य सहयोगी अप्ठ्यारोमा नपरेको र उद्धार गर्नुपर्ने अवस्था नरहेको जनाएको छ । विभिन्न सञ्चारमाध्यममा आरोहीहरू अप्ठ्यारोमा परेका र तत्काल उद्धार गर्नुपर्ने भन्दै प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विभागले यस्तो बताएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागको पर्वतारोहण शाखाले शुक्रवार विज्ञप्ति नै निकालेर आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न हिमालको आधार शिविर तथा दोस्रो आधार शिविर अहिलेसम्म सुरक्षित रहेको जानकारी प्राप्त भएको छ । ती ठाउँमा रहनुभएका आरोही, पथ प्रदर्शक तथा अन्य सहयोगीहरु सुरक्षित हुनुहुन्छ र उद्धार गर्नुपर्ने अवस्था छैन ।’

यस्तै विभागले आराेहणका लागि गएकाहरू र उनीहरूका परिवारलाई समेत सकारात्मक प्रभाव पार्ने र तथ्यपरक सूचना सम्प्रेषण गर्न आग्रह गरेकाे छ । 

मौसममा आएको परिवर्तन र प्रतिकूलताका कारण गएको बिहीवार सगरमाथा आरोहणमा गएका झन्डै एक सय जना दोस्रो आधार शिविरमा रोकिएका थिए ।  

  

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया