सुदूरपश्चिमका नवनियुक्त मन्त्री र राज्यमन्त्रीद्वारा शपथ ग्रहण

 जेठ १४, २०७८ शुक्रबार १९:३९:३८ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेशमा मन्त्रिमण्डल विस्तार भएको छ । नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई आजै शपथ ग्रहण गराइएकाे छ । सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले शपथ ग्रहण गरेका हुन् । 

सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टलाई एमाले संसदीय दलले फिर्ता बोलाएको थियो । चुनकुमारी चौधरी, अर्चना गहतराज, मानबहादुर सुनार, मना साउदले राज्यमन्त्रीमा शपथ ग्रहण गरेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री रहनुभएका प्रकाश शाहलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नेकपा एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । केन्द्रको निर्णय विपरीत मन्त्री फिर्ता नगर्ने अडानसहित एमाले प्रदेश संसदीय दलले यही सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो ।  

अन्तिम अपडेट: फागुन २९, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया