युवा तथा खेलकुद क्षेत्रमा दुई अर्ब ७४ करोड रुपैयाँ बजेट

 जेठ १५, २०७८ शनिबार १८:४५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले आउँदाे आर्थिक वर्षका लागि युवा तथा खेलकुद क्षेत्रमा दुई अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

युवा तथा साना व्यवसायी रोजगारमार्फत कर्जा दिएर थप १२ हजार जना युवालाई रोजगार दिइने भएको छ । राष्ट्रिय युवा परिषद्लाई थप प्रभावकारी बनाइने भएको छ ।

यस्तै सबै प्रदेशमा युवा नवप्रवर्तन केन्द्र स्थापना गरिने भएको छ । आउँदो वर्ष १३ हजार विद्यालयमा नेपाल स्काउट विस्तार गरिने पनि बजेटमा उल्लेख छ । 

देशमा विभिन्न ठाउँमा रङ्गशाला बनाउन बजेट विनियोजन भएको छ । एक सय ६८ पालिकामा खेल ग्राम स्थापना गर्न पनि बजेट छुट्याइएकाे छ । खेलबाट सन्यास लिएका खेलाडीलाई व्यवसाय गर्न सहुलियत ब्याजमा कर्जा दिइने बजेटमा उल्लेख छ । 

आउँदो वर्ष नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएको छ ।   

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया