२०७८/०७९ मा ६.५ प्रतिशत आर्थिक वृद्धि हुने सरकारकाे लक्ष्य

 जेठ १५, २०७८ शनिबार २०:२६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले आउँदाे आर्थिक वर्षमा ६ दशमलव ५ प्रतिशतकाे आर्थिक वृद्धि हुने लक्ष्य राखेकाे छ । आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट कार्यक्रम प्रस्तुत गर्दै अर्थ मन्त्री विष्णु पाैडेलले सरकाले ६ दशमलव ५ प्रतिशत हाराहारीकाे आर्थिक वृद्धि हुने लक्ष्य राखेकाे बताउनुभएकाे हाे । 

सरकारले कार्यान्वयन गर्ने आर्थिक पुनरुत्थानका कार्यक्रम तथा कोभिड–१९ विरुद्ध खोपको व्यवस्थाबाट परिस्थिति सामान्यीकरणतर्फ उन्मुख भइ आर्थिक गतिविधि लयमा फर्किने विश्वासको आधारमा आउँदाे वर्ष ६ दशमलव ५ प्रतिशतको हाराहारीमा हुने अनुमान गरेको हाे । 

त्यसैगरी मुद्रास्फीति ६ दशमलव ५ प्रतिशतमा सीमित राखिने बजेटमा जनाइएको छ ।

यसैबीच सरकारले यस आर्थिक वर्षमा ७ प्रतिशत बराबरकाे आर्थिक वृद्धिकाे लक्ष्य राखेकाे भए पनि केन्द्रीय तथ्याङ्क विभागले ४ दशमलव ०१ प्रतिशत मात्र रहने संशोधित अनुमान गरेको थियो । यद्यपि केही दिनअघि मात्रै अर्थ मन्त्री पाैडेलले त्याे लक्ष्य पनि भेट्टाउन गाह्राे हुने देखिएकाे बताउनुभएकाे थियाे ।   

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया