सिंहदरबारभित्रका कर्मचारीले आज दोस्रो डोजको खोप लगाउँदै

 जेठ १६, २०७८ आइतबार ८:२२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सिंहदरबारभित्रका कर्मचारीले आज कोरोना भाइरसविरुद्धको खाेपकाे दोस्रो डोज लगाउँदै छन् ।

कोरोना विरुद्धको खाेप कोभिशिल्ड र भेरोसेलको पहिलो डोज लिएका सिंहदरबारभित्रका सबै कर्मचारीलाई आज दोस्रो डोज दिइने स्वास्थ्य कार्यालय काठमाण्डौका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँकाअनुसार कोभिड-१९ खोप माघ १४ देखि फागुन २२ गतेसम्म ‘कोभिशिल्ड’ को पहिलो डोज लिएका र चैत २५ गतेदेखि वैशाख १५ सम्म ‘भेरोसेल’ खोप लिएका सिंहदरबारभित्रका कर्मचारीलाई दोस्रो मात्र आज र भोलि दिइने छ ।

सिंहदरबारभित्रकै खोप केन्द्रमार्फत खोप दिइने हुँदा अनिवार्य रुपमा पहिलो डोज खोप लगाएको कार्ड र कार्यालयले उपलब्ध गराएको परिचय पत्र साथमा लैजान भनिएको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया