पानी जमेकाे खाल्डाेमा डुबेर महाेत्तरीमा दाजुभाइकाे ज्यान गयाे

 जेठ १६, २०७८ आइतबार २०:३६:७ | धनवीर महतो
unn.prixa.net

प्रतिकात्मक तस्बिर

महोतरी – महोत्तरीकाे रामगोपालपुर नगरपालिकामा एक इँटा भट्टामा इँटा बनाउन खनेको खाल्डाेमा जमेकाे पानीमा​ डुबेर एकै घरका दुई बालकको ज्यान गएकाे छ । ज्यान गुमाउनेमा रामगोपालपुर ९ का १० वर्षीय आशिक कुमार मण्डल र ९ वर्षीय प्रेम कुमार मण्डल रहेका छन् ।

शनिवार (हिजो) घरबाट शाैचालय जाने बेलामा एमपीएस इँटा भट्टामा इँटा बनाउन खनेको खाल्डाेमा जमेकाे पानीमा उनीहरू दुई जना खसेकाे र बेहाेस भएकाे प्रहरीले जनाएकाे छ । 

उनीहरूलाई थप उपचारका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश विष्टले बताउनुभयाे ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया