सरकारले अङ्ग्रेजी च्यानल ‘एनटीभी वर्ल्ड’ सञ्चालन गर्ने

 जेठ १६, २०७८ आइतबार १९:४९:२९ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – ‘समृद्धिका लागि सञ्चार’, ‘समृद्ध नेपालको सन्देश छिट्टै अन्तर्राष्ट्रिय समुदायमा पुग्दैछ’ भन्ने नाराका साथ समृद्ध नेपालको सञ्चार पहुँच अन्तर्राष्ट्रिय समुदायमा पुर्‍याउन सरकारले अङ्ग्रेजी च्यानल ‘एनटीभी वर्ल्ड’ सञ्चालन गर्ने भएको छ । शनिवार प्रस्तुत बजेटमा महत्त्वका साथ नेपाल टेलिभिजनबाट यस च्यानल सुरु गरिने घोषणा भएको हो । 

नेपाली टेलिभिजन प्रसारणका इतिहासमा यस च्यानलले अन्तर्राष्ट्रिय समुदायमा नेपाल बुझ्ने गरी सामग्री प्रस्तुत गर्ने कुरा पहिलो कदमका रूपमा लिइएको छ । च्यानलले नेपाल टेलिभिजनको प्रसारणलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने छ ।

च्यानल सञ्चालनका लागि सरकारले आवश्यक बजेटसमेत विनियोजन गरेको छ । ‘नेपाल टेलिभिजनको प्रसारणलाई अन्तरर्राष्ट्रियस्तरमा पुर्‍याउन एनटीभी वर्ल्ड च्यानल सञ्चालनमा ल्याइनेछ’, नेपाल सरकारद्वारा प्रस्तुत बजेटमा भनिएको छ । अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सिधै पहुँच नभएकाले छिट्टै सञ्चालन हुने ‘एनटीभी वर्ल्ड’ सहज माध्यम बन्ने विश्वास लिइएको छ । आफ्नै सञ्चार पहुँच नहुँदा नेपालबारे बेला–बेला उत्पन्न हुने भ्रमले देशको पर्यटन क्षेत्रलाई समेत प्रभावित तुल्याएको छ ।

‘समृद्ध नेपाल : सुखी नेपालीको सन्देश अन्तर्राष्ट्रिय समुदायमा अहिलेसम्म पुग्ने माध्यम छैन, नेपाली टेलिभिजनको इतिहासमा एनटीभी वर्ल्ड च्यानलमार्फत पहिलो पटक अन्तर्राष्ट्रिय समुदायसँग पहुँच पुग्नेछ’, सरकारका प्रवक्ता पार्वत गुरुङले भन्नुभयो । सञ्चारको संसार भन्ने मान्यतासहित सूचना र सञ्चार प्रविधिको अधिकतम उपयोग गर्ने नीतिअनुसार सरकार अघि बढेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङले बताउनुभयो ।  

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया