नेपालमा पनि बढ्दै गएको 'कालो ढुसी' सङ्क्रमणबारे जान्नै पर्ने कुरा

 जेठ १८, २०७८ मंगलबार १३:३२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – काेभिड–१९ (कोरोना भाइरस) सङ्क्रमण पुष्टि भएका केही बिरामीमा कालो ढुसी (म्यूकरमाइकोसिस) को पनि सङ्क्रमण पुष्टि भएको छ ।  

कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका बिरामीको आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसीको सङ्क्रमण नेपालमा केही व्यक्तिमा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकामा यो रोग बिरलै देखिए पनि सङ्क्रमण पुष्टि भएकामा गम्भीर र प्राणघातक पनि हुन सक्ने भएकाले सचेत रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । 

'कालो ढुसी' बारे जान्नै पर्ने कुरा

– अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने गर्छ । 
– आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने, नाकबाट रगत बग्ने, बाक्लो सिँगान आउने, आँखाको ढकनी सुन्निने र आँखा धमिलो देखिने, दाँत दुख्ने लगायतका लक्षण देखिन्छ ।
– ४५ देखि ६५ वर्ष उमेर समूहका मानिस यो रोगको उच्च जोखिममा रहन्छन् । 
– मधुमेह  भएका वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरू र धेरै खालका एन्टिबायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गरेकाहरू पनि यो रोगको जोखिममा हुन्छन् । 

कसरी ध्यान दिने ?

यो रोगबाट बच्नका लागि घरमा आइसोलेशनमा बस्दा विभिन्न खालका उपाय अपनाउनुपर्ने डाक्टरहरूले बताएका छन् । 
– सफा र सुख्खा मास्क प्रयोग गर्ने 
– डिस्पोजल मास्कको फेरि प्रयोग नगर्ने
– नियमित रूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने
– व्यक्तिगत स्वच्छतामा ध्यान दिने
– घरबाहिर वा फोहोरमा काम गर्नुपरेमा डिस्पोजल पन्जाको प्रयोग गर्ने
– धेरै धुलो वा ओसिलो ठाउँमा नजाने
– नुनिलो पानीले नाक सफा गर्ने
– जथाभाबी एन्टिबायोटिकको प्रयोग नगर्न र स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधिको सेवन गर्ने 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • सन्ध्या दाहाल

    June 1, 2021, 2:26 p.m.

    कालाे ढुसि लाग्नन नदिन के के राेक्थाम गने सकिन्छ ,लागि हालेमा के हुन्छ वा के गनु पछ

  •  0 Reply

तपाईको प्रतिक्रिया