प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
बाँके – भेरी अस्पताल नेपालगञ्जमा कार्यालय समय (डिउटी) मा खटिएका डाक्टर, नर्स र स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनाको छानबिनका लागि गठित समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि अध्ययन सुरु भएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सोमवार बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि अध्ययनको क्रममा रहेको जानकारी दिँदै तत्कालै कार्यान्वयन गरिने बताउनुभएको छ ।
प्रतिवेदनमा भेरी अस्पतालमा भएको घटनाबाहेक अस्पतालको समग्र व्यवस्थापन सुधार गर्न जनशक्ति आवश्यकताअनुसार थप गर्नुपर्ने लगायतका विषय उल्लेख गरिएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टको संयोजकत्वमा गठित छानबिन समितिले चार दिनमा प्रतिवेदन तयार पारेर बुझाएको हो ।
गएकाे शुक्रवार जेठ १४ गते भेरी अस्पतालमा उपचारका क्रममा एक जना काेराेना सङ्क्रमितकाे ज्यान गएपछि मृतकका आफन्तले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका थिए ।