नेपाल आउने मनसुनी प्रणाली भारतको केरला आइपुग्यो

 जेठ २१, २०७८ शुक्रबार ७:१२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा आउने मनसुनी प्रणाली भारतको केरलामा आइपुगेको छ । नेपालमा आउने मनसुनी प्रणाली बंगालको खाडीमा विकास भएर हिजो बेलुका भारतको केरलामा आइपुगेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । त्यो प्रणाली एक हप्तामा नेपाल आइपुग्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

सन् २०१० देखि २०२० सम्मको औसत विवरणअनुसार नेपालमा जुन १३ मा मनसुनी प्रणाली आइपुग्छ । यस वर्ष पनि जुन १३ अर्थात जेठ ३० गते आसपासमै नेपालमा आउने मौसमविद् मानन्धरले बताउनुभयो । यस वर्षको मनसुनमा औसतभन्दा धेरै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । समयमै सुरु हुने मनसुन चार महिनासम्म रहने छ । अहिले वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बादल लागेको छ भने अरु ठाउँको मौसम सामान्यतया सफा रहेको छ ।

अहिले पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेकोले केही ठाउँमा बादल लागेर सामान्य पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।  प्रि–मनसुनको समय भएकाले दिउँसोपख केही ठाउँमा सामान्य पानी पर्ने भए पनि अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया