आज निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस मनाइँदै

 जेठ २१, २०७८ शुक्रबार ८:३६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष जुन ४ तारिखमा संसारभरि विभिन्न कार्यक्रम गरी निर्दोष बालबालिकामाथि हुने अत्याचारविरुद्धको दिवस मनाइन्छ ।  

दिवसका अवसरमा विभिन्न कारणले बालबालिकाले भोगेका शारीरिक, मानसिक, भावनात्मक पीडाहरूको चर्चा गर्दै अब त्यस्तो हुन नदिन छलफल र जागरणका कार्यक्रम गरिन्छ । संसारभरिका झण्डै १० करोड बालबालिकाले आज बालअधिकारप्रति आफ्नो ऐक्यबद्धता जनाउँछन् ।

बालबालिकामाथि हुने अत्याचार, हिंसा, दुर्व्यवहार, शोषण घटना सबै पक्ष जुट्नुपर्ने बालअधिकारको क्षेत्रमा काम गर्नेहरु बताउँछन् । विद्यालय बाहिर रहेका बालबालिका, विभिन्न रोगबाट उपचार नपाएका बालबालिका, कुपोषित बालबालिका, निकृष्ट प्रकृतिको श्रम गर्न बाध्य बालबालिकाको सङ्ख्या घटाउन सबै तहका सरकारसँगै समुदाय पनि जुट्नुपर्ने हुन्छ ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया