कालीकोट विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडियो

 जेठ २५, २०७८ मंगलबार ८:२६:५ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट - कालीकोट जिल्ला सोमवारदेखि विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडिएकाे छ ।

राष्ट्रिय प्रशारण लाइनमा जाेडिएसँगै कालीकाेटमा सोमवार रातिदेखि विद्युत सेवा नियमित हुने भएकाे छ ।

दैलेखको दुल्लुबाट कालीकोटसम्म ३३ केभी राष्ट्रिय प्रशारण लाइन विस्तार भएको कालीकोट वितरण केन्द्रका प्रमुख मेखराज जाेशीले बताउनु भयो ।

तत्कालीन उर्जामन्त्री भएको बेला कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय महेन्द्रबहादुर शाहीले कर्णालीका सबै जिल्लालाई राष्ट्रिय प्रशारण लाइनमा जोड्ने निर्णय गर्नु भएको थियो ।

कालीकोटमा विद्युत पुगेपछि यहाँका व्यापारी,उद्योगी र स्थानीय खुशी देखिएका छन् ।

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया