इलाममा विषालु च्याउ खाँदा दुई जनाकाे ज्यान गयाे

 जेठ २५, २०७८ मंगलबार १४:३०:१३ | सुजता सुनुवार
unn.prixa.net

प्रतिकात्मक तस्बिर

इलाम – इलाममा विषालु च्याउ खाँदा दुई जनाको ज्यान गएको छ । विषालु च्याउ खाएर बिरामी भएका इलामको सन्दकपुर गाँउपालिका १ खोलाघारीका ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जितबहादुर राईको उपचारका क्रममा बीएण्डसी अस्पताल झापामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

गएको शनिवार इलाम नगरपालिका ३ पुवामझुवाका वीरमान राईको घरमा च्याउ पकाएर खाँदा चार जना बिरामी भएका थिए । बिरामी ३५ वर्षीय वीरमान र उहाँकी श्रीमती विष्णुकुमारीको उपचार भइरहेको इलामका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया