गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले विश्वासकाे मत लिने

 जेठ २५, २०७८ मंगलबार २०:३३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनु हुने भएकाे छ । उहाँले विश्वासकाे मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको छ । अल्पमतकाे सरकार भएकाले मुख्यमन्त्री गुरुङले एक महिनाभित्र विश्वासकाे मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश सभामा ठूलो दलको नेताका हैसियतले वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट विश्वासको मत लिनु भन्दा दुई दिनअघि संसद सचिवालयमा जानकारी दिनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्रीले २७ गते विश्वासको मत लिने पत्र सचिवालयमा पठाएको प्रदेश सभा सचिवालयले जनाएकाे छ । 

मुख्यमन्त्री गुरुङले गएकाे वैशाख २७ गते संसदमा अविश्वासको प्रस्तावमाथि मतदान हुनुभन्दा अघिल्लो दिन पदबाट राजीनामा दिनु भएको थियो । उहाँको राजीनामापछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत दाबी गरेर सरकार गठन गर्न प्रदेश प्रमुखले आह्वान गर्नुभएको थियाे ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया