प्रदेश २ : मन्त्रालय फुटाएर कांग्रेस र माओवादी केन्द्रलाई सहभागी गराउने तयारी

 जेठ २६, २०७८ बुधबार ८:५३:३६ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – प्रदेश २ मा नयाँ सत्ता समीकरणको कसरत सुरु भएको छ । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव समूह, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच नयाँ सत्ता समीकरणको कसरत सुरु भएको हो ।

मुख्यमन्त्री लालबाबु राउत नेतृत्वमा रहेको सरकारमा कांग्रेस र माओवादी केन्द्र सहभागी पनि हुने भएको छ । महन्थ ठाकुर र राजेन्द्र महतो समूह केन्द्रमा केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि असन्तुष्ट बनेको जसपाको उपेन्द्र यादव समूह प्रदेश २ को सत्ता समीकरणका लागि ३ दिनदेखि कसरमा छ ।

जनकपुरमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादव आफैं तीन दिनदेखि लगातार कांग्रेस र माओवादी केन्द्रका नेताहरुसँग छलफलमा रहनुभएको छ । मुख्यमन्त्री राउतले महन्थ ठाकुर समूहका एकजना मन्त्री र तीनजना राज्यमन्त्रीलाई सरकारबाट पदमुक्त गरेपछि कांग्रेस र माओवादी केन्द्रसँग सत्ता सहकार्य गर्न लागेको छ । सत्ता साझेदारीका लागि कांग्रेसले तीन र माओवादी केन्द्रले दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुँदैछन् ।

त्यसका लागि प्रदेश २ सरकारमा भएका ६ वटा मन्त्रालयलाई टुक्राएर १० वटा मन्त्रालय बनाइँदै छ । दलहरुबीच मन्त्रालयमा भागबण्डा नमिलेपछि मुख्यमन्त्री राउतले मन्त्रालय फुटाउने तयारी गर्नुभएको हो । मन्त्रालय बाँडफाँटबारे दलहरुबीच छलफल भइरहेको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया