‘सङ्घीयताका आधारमा पालिका र प्रदेशले पाउने अधिकारका लागि आवाज उठाउँछु’

 जेठ २६, २०७८ बुधबार १३:१७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नवनिर्वाचित राष्ट्रिय सभा सदस्य दृगनारायण पाण्डेयले सङ्घीयताका आधारमा पालिका र प्रदेशले पाउने अधिकारका लागि आफूले दह्रो गरी आवाज उठाउने बताउनुभएको छ । 

बुधवार राष्ट्रिय सभा सदस्यको शपथ ग्रहणपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै देशको सङ्घीयता, समावेशी र समानुपातिकताकाे आधारमा पालिका र प्रदेशले पाउने अधिकार अझै पनि पाउन नसकेको भन्दै त्यसका निम्ति संसदमार्फत बुलन्द आवाज उठाउने बताउनुभयो । उहाँले नेपालको लोकतन्त्र र संविधान ओझेलमा देखिएको टिप्पणी पनि गर्नुभयो ।

राष्ट्रिय सभा सदस्य पाण्डेयले भन्नुभयो, ‘अहिलेको अवस्थामा लोकतन्त्र र संविधान नै ओझेलमा देखिएको छ । लोकतन्त्र र संविधानमाथि नै विभिन्न टिकाटिप्पणी, वक्तव्यबाजी भइरहेका छन् । त्यसले गर्दा अहिले यो देशको जुन सङ्घीयता हो, समानुपातिक, समावेशी हो । यो वास्तवमा जुन ठाउँमा जहाँसम्म पुग्नुपर्ने हो त्यो अहिले पुग्न सकेको छैन र अहिले पाउने अधिकार सङ्घीयताका आधारमा पालिका, प्रदेशसम्म पूरा अधिकार पुगेको छैन । यी विषयवस्तुलाई समेटेर संसदमा हामी बुलन्द रूपले आवाज उठाउनेछौँ ।’

नेपाली कांग्रेसका उम्मेदवार पाण्डेय नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) माधव नेपाल पक्ष, जसपा उपेन्द्र यादव पक्ष र जनमोर्चाको समेत समर्थनमा जेठ १७ गते लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँले बुधवार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट शपथ ग्रहण गर्नुभएको छ । 

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया