भीमदत्त नगरपालिकामा पाँच घण्टा चहलपहल, फेरि लाग्यो कर्फ्यु

 भदौ १०, २०७५ आइतबार ११:३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

कञ्चनपुर – भीमदत्त नगरपालिकाको ४, ६ र १८ वडामा फेरि कर्फ्यु लागेको छ । बिहान ५ बजेदेखि १० बजेसम्म हटाइएको कर्फ्यु फेरि लगाइएको हो । 

३३ घण्टापछि कफ्र्यू खुल्दा बजारमा किनमेल गर्नेको चहलपहल बढेको थियो । बजारमा निस्किएकाले नुनदेखि रक्षाबन्धनमा आवश्यक पर्ने रंगिचंगी धागो किनेका छन् । बसपार्कमै बस्न बाध्य भएहरु पनि गन्तव्यतिर लागेका छन् ।

१० बजेपछि फेरि लगाइएको कर्फ्यु कहिलेसम्म हो भन्ने खुलाइएको छैन । अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

१३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई कारबाही माग गर्दै कन्चनपुरमा प्रदर्शन हुँदै आएको छ । प्रदर्शनमा प्रहरीको गोली लागेर १४ वर्षका सन्नी खुनाको ज्यान गएपछि स्थानीय प्रशासनले शुक्रबार बेलुका ८ बजेदेखि कर्फ्यु लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले रक्षाबन्धनलाई लक्षित गरी बिहान ५ बजेबाट १० बजेसम्मका लागि कर्फ्यु आदेश हटाएको हो । ५ घण्टाका लागि कर्फ्यु आदेश हटाइएपछि आवश्यक सामग्री किन्न स्थानीय घरबाहिर निस्किएका हुन् ।

प्रशासनले अर्को आदेश नभएसम्मका लागि कर्फ्यु निरन्तर हुने जनाएको छ । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टले स्थिति सामान्य बन्दै गए कर्फ्यु हटाइने बताउनुभयो । 

 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया