मिथिलाञ्चलमा बरसाइत पर्व मनाइँदै

 जेठ २७, २०७८ बिहिबार ११:३६:२ | धनवीर महतो
unn.prixa.net

महाेत्तरी - विवाहित हिन्दु मैथिल नारीले आज बरसाइत अर्थात बटसावित्री पर्व मनाइरहेका छन् ।  जेठ औँसीका दिन अटल सौभाग्यको कामना गर्दै यो पर्व मनाइन्छ । सत्ययुगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले जेठ औँसीका दिन अटल सौभाग्यको वरदान पाएको विश्वासका आधारमा यो पर्व मनाउने मैथिल परम्परा छ ।

जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रतालुले सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको बट वृक्ष अर्थात बरको रुखको फेदमा व्रतालु मिथिलानीले सामूहिकरूपमा सावित्रीलाई सम्झँदै ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजाआराधना गर्दै यो पर्व मनाउँछन् ।  

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया