तनहुँमा चितुवाको आक्रमणबाट बालिका घाइते

 जेठ ३१, २०७८ सोमबार १०:५२:८ | समुद्र पौडेल
unn.prixa.net

तनहुँ - तनहुँमा चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छिन् । व्यास नगरपालिका-१२ देउराली पालिङकी मधु परियारकी साढे दुई वर्षीया छाेरी अनुष्का परियार चितुवाको आक्रमणबाट घाइते भएकी हुन। 

आइतवार साँझ घरभित्र खाना खान लागेका बेला छोरीलाई चितुवाले तानेकाे उहाँले बताउनु भयाे । ‘चितुवाले छोरीलाई तानेपछि मैले पनि छोरीलाई तानेँ । तीन कान्लासम्म लतारेपछि चितुवाले छाड्यो, अनि मैले छोरीलाई लिएर घर फर्किएँ’ उहाँले भन्नुभयो ।

बालिकाको  चिउँडोमा चोट लागेको छ । घाइते अनुष्काको दमौली अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको दमौली अस्पतालले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

समुद्र पौडेल

समुद्र पौडेल तनहुँका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया