रवि लामिछाने हिरासतमा सुतिरहेको ‘भाइरल’ तस्वीरबारे प्रहरीले...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - आजदेखि जथाभाबी सडक खन्न नपाइने भएको छ । बर्खामा सडक खन्ने प्रवृत्ति बढेसँगै आजदेखि भदौ मसान्तसम्म यसलाई रोक लगाइएको सडक विभागअन्तर्गतको सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले जनाएको छ । बर्खायाममा धारा, ढल, बिजुली र टेलिफोन प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मतसम्भार गरी पुरानै अवस्थामा ल्याउन नसकिने भन्दै सडक खन्न रोक लगाइएको हो ।
नियम अटेर गर्दै कसैले सडक खनेको पाइए सार्वजनिक सडक ऐन २०३१ अनुसार कारबाही हुने पनि कार्यालयले जनाएको छ । अहिले सडक खन्दा तुरुन्तै कालोपत्र तथा मर्मत गर्न नसकिने हुँदा सडकको अवस्था थप बिग्रँदै जाने भएकाले खन्न रोक लगाइएको सडक विभागका प्रवक्ता एवं सूचना अधिकारी शिवप्रसाद नेपालले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले विस्तार भइरहेका सडकको कामलाई निरन्तरता दिन भने पाइन्छ । यस्तै, पहिल्यै स्वीकृति लिइसकेको मेलम्चीको पाइप बिछ्याउने र लिकेजको काम गर्न पनि पाइन्छ । तर, तर नयाँ सडक भने खन्न पाइँदैन । अत्यावश्यक नै परे सम्बन्धित निकायसँग अनुमति लिनुपर्दछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।