गण्डकीका मुख्यमन्त्री पोखरेललाई कांग्रेस प्रवक्ता शर्माको आग्रहः 'समय संवेदनशील छ, इमान, पारदर्शिता र नम्रतालाई केन्द्रमा राख्नोस्'

 असार १, २०७८ मंगलबार १३:१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई इमान, पारदर्शिता र नम्रतालाई केन्द्रमा राख्न आग्रह गर्नुभएको छ । 

समय संवेदनशील रहेको र राम्रो सावित हुन धेरै राम्रो काम गर्नुपर्ने भन्दै उहाँले इमान, पारदर्शिता र नम्रतालाई केन्द्रमा राख्न आग्रह गर्नुभएको हो । 

यस्तै मुख्यमन्त्री पोखरेललाई पत्र लेख्दै उहाँले सबैको मुख्यमन्त्री बन्न समेत आग्रह गर्नुभएको छ । उहाँले पत्रमा भन्नुभएको छ – ‘हेक्का रहोस् तपाईँको कर्मसँग पार्टीको आगामी छवि गाँसिन्छ । तर नभुल्नुहोस्, एमाले संसदीय दलको नेता एउटा पार्टीको हुन्छ भने मुख्यमन्त्री सबैको ।’

प्रवक्ता शर्माले प्रश्नलाई प्रोत्साहित र आलोचनालाई स्वागत गर्न सकियो भने राजनीतिप्रतिको वितृष्णालाई कम गर्न सकिनेसमेत बताउनुभएको छ । यस्तै उहाँले गलत निर्णय नगर्न, सच्याउन र नकारात्मक प्रचार चिर्न संयोजन गर्न आग्रह गर्दै सही निर्णय गर्न, विज्ञको कुरा सुन्न आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया