मनाङ बाढी अपडेट : ३ सय जनालाई सुरक्षित ठाउँमा सारियो, सुरक्षाकर्मीसँगै जनप्रतिनिधि पनि उद्धारमा खटिए

 असार १, २०७८ मंगलबार १५:३७:४१ | श्यामशितल परियार
unn.prixa.net

मनाङ – हिमाली जिल्ला मनाङमा बाढी आएपछि विस्थापित भएका तीन सय जनालाई सुरक्षित ठाउँमा सारिएको छ । डुबानमा परेका ताल गाउँ, चामे बजारका स्थानीयवासीसँगै जोखिममा रहेका अन्यलाई पनि सुरक्षित ठाउँमा सारिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । 

‘विस्थापित तथा जोखिममा रहेका गरी झन्डै तीन सय स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारिएको छ’, उहाँले भन्नुभयो, ‘सुरक्षा निकायका साथै जनप्रतिनिधि अहिले उद्धार तथा विस्थापितहरूको स्थानान्तरणमा जुटिरहेका छन् ।’

उहाँका अनुसार बाढीका कारण मनाङको नासोँ गाउँपालिका–१, ताल गाउँका ५० घर र मनाङ सदरमुकाम चामेका पाँच घर डुबानमा परेका छन् । बाढीले चामेकै तीन घर बगाएको छ भने १६ घर उच्च जोखिममा रहेका छन् ।

बाढीले तिमाङ खोलाको बेलिब्रिज, मनाङको नयाँ बजारमा रहेको घट्टेखोलाको काठेपुल बगाएको छ भने पक्की पुलमा पनि नोक्सानी गरेको छ ।

बाढीले जिल्ला हुलाक कार्यालय र तिमाङ खोलामै रहेको ३२ किलोवाटको स्याल्क्यु खोला लघु जलविद्युत् गृह पनि बगाएको प्रजिअ लामिछानेले बताउनुभयो । अहिले त्यहाँ बिजुली बत्तीको आपूर्ति ठप्प भएको उहाँले जानकारी दिनुभयाे ।  

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया