प्रदेश २ मा झन्डै ३४ अर्बको बजेट

 असार १, २०७८ मंगलबार १९:२१:४३ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – प्रदेश २ सरकारले आउँदाे आर्थिक वर्षका लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले मङ्गलवार प्रदेश सभामा आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट प्रस्तुत गर्नुभएकाे हाे ।  

बजेटमा चालुतर्फ १५ अर्ब ६३ करोड ४७ लाख र पुँजीगततर्फ १८ अर्ब करोड पाँच करोड ८० लाख ८३ हजार रुपैयाँ छुट्याइएको मन्त्री यादवले बताउनुभयाे । यस्तै वित्तीय व्यवस्थापनतर्फ १० करोड रुपैयाँ छुट्याइएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३३ अर्ब ५६ करोड नौ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

सङ्घीय सरकारबाट सामान्यीकरण सहितका अनुदानबाट १३ अर्ब ९० करोड ३४ लाख, राजस्व बाँडफाँडबाट नौ अर्ब ५८ लाख, चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने ६ अर्ब २५ करोड र अपुग रकम आन्तरिक ऋण परिचालन गर्ने गरी ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँकाे बजेट प्रस्तुत गरिएकाे हाे ।  

आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले सार्वजनिक गर्नुभएको बजेटमा कोरोना महामारी रोकथामका लागि अक्सिजन सिलिन्डर, रेम्डेसिभिर, कोरोना परीक्षण गर्ने किटलगायत स्वास्थ्य सामग्री खरिदका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा प्रादेशिक अस्पताल जनकपुरधामलाई उपकरण खरिद गर्न १९ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया